अर्थमन्त्री र मेरो ठाकठुकले मौद्रिक नीतिको समीक्षा लम्बिएको होइन : गभर्नर अधिकारी

१५ मंसिर २०८०, शुक्रबार १६:३५

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफुबीचको ठाकठुकका कारण मौद्रिक नीतिको समीक्षा जारी गर्ने काम नलम्बिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्राविधिक कारणले भएको ढिलाइलाई अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध तथा वित्त र मौद्रिक नीतिसँगको सम्बन्धसँग जोडेर हेर्न नहुने बताएका हुन् ।

उनले भने, ‘हाम्रो सम्बन्धमा कुनै खोट र अफ्ठयारो छैन ।’ उनले संस्थाहरुको सुरक्षाका लागि पनि मौद्रिक नीतिको समिक्षालाई मिहिन ढंगले हेर्नुपर्ने भएका कारण ढिलाई भएको समेत बताए । उनले अगाडि भने, ‘मौद्रिक नीतिमा अलिकति कस्नै पर्ने हुन्छ । संस्थागत सुरक्षाका लागि त्यो अपरिहार्य छ ।’

यस्तै, गभर्नर अधिकारीले अहिलेको अवस्थामा कराब कर्जा र एनपीएको अवस्था भने ठीक नभएको स्वीकारे । आन्तरिक रिसोर्सलाई बढीभन्दा बढी उत्पादनमुलक क्षेत्रमा लगाउने नीति अख्तियार गरिए पनि त्यसतर्फ काम गर्न नसकिएको समेत उनले स्वीकार गरेका छन् । बाह्य रिसोर्सतर्फको अवस्था भने हाइजेस्ट रिजर्बको अवस्थामा रहेको उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*