हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ५० करोड बढीको आवेदन

१५ मंसिर २०८०, शुक्रबार १७:३१

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २४ हजार १०३ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १५ गते साँझ ५ः०८ बजेसम्म २४ लाख ७२ हजार ९९० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ५० करोड ९४ लाख ६० हजार ३५ रुपैयाँ संकलन भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*