हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

१७ मंसिर २०८०, आईतवार ०६:३३

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि (मंसिर १८ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा हालसम्म २५ हजार ३९५ जनाले आवेदन दिनएका छन् । सिडिएसका अनुसार मंसिर १६ गते साँझ ५ः०८ बजेसम्म २७ लाख ४८ हजार ३६० कित्ताका लागि आवेदन परेको हो । जस मार्फत ५६ करोड ६१ लाख ६२ हजार १६० रुपैयाँ संकलन भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*