माइतीघर-त्रिपुरेश्वर सडकको मापदण्ड संशोधन गरेर धमाधम घर बनाइदै, कांग्रेस सांसद राजिव शाहको घर सडकमा !

१७ मंसिर २०८०, आईतवार १५:१६

काठमाडौं । सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको मिलेमतोमा अरनिको राजमार्ग अन्तर्गतको सुरु बिन्दु माइतीघरदेखि त्रिपुरेश्वरसम्मको सडक क्षेत्रमा धमाधम सडकमा घर निर्माण गर्ने क्रम जारी छ । काठमाडौं महानगरका स्वतन्त्र मेयर बालेन साहको नाकैमा औला ठेस्ने गरी थापाथली चोकमा कांग्रेस नेता राजिव शाहको नयाँ घर सडक क्षेत्रमै बनिरहेको छ । रोचक कुरा के छ भने बालेन साहकै इन्जिनियरहरुले नक्सा पास गरेर उक्त भवन बनिरहेको खुलेको छ ।

पैसा र पावर भएपछि जे पनि हुने नेपालमा बालेन शाहलाई समेत झुक्याएर नक्सा पास गरेको खुलेको हो । अरनिको राजमार्गको शून्य विन्दुमा जालझेल गरेर त्रिपुरेश्वर सालिकदेखि माइतीघरसम्मको सडकलाई आर्टेरियल अर्थात् शाखा सडकमा गाभिएको खुलेको छ । तर, इतिहास र पुराना फाइल खोतल्ने हो भने अरनिको राजमार्गको शून्य बिन्दु त्रिपुरेश्वर हो । तर, हाल सच्याएर माइतीघर बनाई माइतीघरदेखि त्रिपुरेश्वर सडक खण्डलाई सामान्य शाखा सडकको रुपमा व्याख्या गरिएको छ । सडक विभागको यस्तो निर्णयले थापाथालीमा निर्माण भइरहेको तुँदी कन्ट्रक्सनले बनाएको जेसिस भवनको नक्सा पास भएको छ भने हाल थापाथली चोकमै जाजरकोटे समाजसेवी राजिव शाहको नयाँ भवन बनिरहेको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले जारी गरेको निर्माण सम्बन्धी मापदण्ड २०६४ मा थापाथली (वाग्मतीको पुल)देखि सिंहदरबार, पुतली सडक, हात्तीसार, जयनेपाल, दरबारमार्गको तीनदोवाटो, कान्तिपथ (केशरमहलको चारदोवाटोसम्मको सडकलाई आर्टेरियल अर्थात् शाखा सडकमा राखिएको छ ।

जसको मापदण्ड केन्द्र रेखादेखि दुवैतर्फ ११-११ मिटर भनिएको छ । पछि तुँदी कन्ट्रक्सनसँगको घुस सेटिङमा सडक विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणले सच्याएको मापदण्ड हो, यो। अनरनिको राजमार्गलाई अतिक्रमण गरेर घर बनाउन छुट दिनकै लागि यस्तो नीति लागू थरिएको माइतीघरका स्थानीयबासीको आरोप छ ।

एक स्थानीयबासीले भने, ‘त्रिपुरेश्वरको शालिकबाट सुरु हुने अरनिको राजमार्गको मापदण्ड अनुसार माइतीघर कोटेश्वर सडक फराकिलो भएको हो । त्रिपुरेश्वरदेखि माइतीघरसम्म पनि २०७२ साल अघि यस्तै व्यवस्था थियो घर बनाउन पाइदैन थ्यो । नयाँलाई महानगरले कसैलाई नक्सा पास गरिएको थिएन । अहिले रातारात राजमार्गबाट झिकेर यो सडकलाई शाखा सडकमा राखेको हामीले पत्तै पाएनौँ । धमाधम स्थायी घर बन्न लागेपछि चाल पायौँ ।’

मापदण्ड कै लफडाका कारण लामो समय रोकिएको नेपाल जेसिसको भवन तयार भएर निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । २०७१ सालमा निर्माण सुरु भएको सो भवन अरनिको राजमार्गको मापदण्डकै कारण पाँच वर्ष निर्माण रोकिएको थियो । त्यस्तै, उक्त भवनसँगै रहेको तथ्याङ्क विभागको भवन सडकभन्दा २५ मिटर पर बने कै अरनिको राजमार्गको मापदण्डले हो । हालसालै कांग्रेस नेता एवं प्रदेश सांसद राजिव शाहले थापाथली चोकैमा भव्य व्यापारिक कम्पलेक्स ठड्याएका छन् ।

काठमाडौं महानगरको नक्सा विभाग प्रमुख एवं शहरी व्यवस्थापन विभागका निर्देशक सुरज शाक्यले शाहको घरको नक्सा पास भइसकेको पुष्टि गरे । के कसरी, कहिले नक्सा पास गरियो भन्ने जिज्ञासामा उनले शंका लागे आफैं गएर सडकको केन्द्रभागबाट फित्ता लगाएर नाप्नुस्, भन्दै जवाफ दिए । काठमाडौं महानगरको कानून विभाग प्रमुख वसन्त आचार्यले भने यस विषयमा शाक्य नै जिम्मेवार रहेको बताए । एक स्थानीयबासीले मेयर बालेन साहलाई समेत यो विषयमा कुरा राख्दा समेत चासो नदिएको आरोप लगाएका छन् ।

राणाकालमा पुरिएको खोला समेत उत्खनन् गर्ने बालेन शाहले थापाथलीस्थित सडक क्षेत्रमा निर्माण भइरहेका घर तथा भवन र ती भवनहरुको नक्सा पास महानगरपालिकाबाटै भएको सम्बन्धमा मेयर बालेन साह मौन रहँदै आएका छन् ।

पुतली सडकतिर पनि सडक मै घर

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*