थ्री स्टार हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो

१७ मंसिर २०८०, आईतवार १५:०७

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन गत हप्ताको बिहीबार पनि घटेको शेयर बजार आज ७.२९ अंकले घटेको छ ।

आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको हो ।

शेयर बजार घटेतापनि थ्रीस्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.६३ प्रतिशतले सर्वाधिक बढेको छ । त्यस्तै, सबैको लघुवित्तको ९.०४ प्रतिशत, इङ्वा हाइड्रोपावरको ८.६० प्रतिशत, माइखोला हाइड्रोपावरको ६.२८ प्रतिशतसहित ९४ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*