राष्ट्र बैंकले एजेण्डा बिना नै बोलायो बोर्डको बैठक, मौद्रिक नितिको समिक्षा सार्वजनिक के होला ?

१७ मंसिर २०८०, आईतवार १८:२७

काठमाडौं । मौद्रिक नितिको समिक्षा आगामी मंगलबार सार्वजनिक हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ । बोर्डका सञ्चालक समितिका सदस्यले मंगलबार बोलाइएको बारे जानकारी दिएका छन् ।

एजेण्डा भने नखुलाएर बेलाएको जनाएको छ । मौद्रिक नितिको बिषय नै हुने हो वा अन्य मंगलबार नै जानकारी हुने उनले बीमापोष्टलाई जानकारी दिएका छन् ।

चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय सकिएको भन्दै चौतफी आलोचना हुँदैछ ।

मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको भन्दै वाहाना गरिरहेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको लागि विभागीय तहबाट सम्पूर्ण तयारी सकाएको छ ।

अहिले समीक्षाको लागि उच्च व्यवस्थापन तहमा छलफल भइरहेको केन्द्रीय बैंक स्रोतले बताएको छ । उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात मंगलबार सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने भएको कारण शून्य एजेण्डाको साथै बोर्डका पदाधिकारीहरुलाई डाकिएको छ।

अहिले अर्थतन्त्र चलायमान बनाउन केन्द्रीय बैंकले आफ्नो नीतिलाई केहि लचिलो बनाउदै लगेको छ । समीक्षामा पनि केन्द्रीय बैंकले केहि नीतिहरुमा लचकता अपनाउने संकेत गरेको छ ।

मौद्रिक नीतिको समीक्षा हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहालले समेत गभर्नर महाप्रसाद अधिकारी लगायतलाई बोलाएर अर्थतन्त्रको विषयमा छलफल गरेका थिए । यसले गर्दा पनि मौद्रिक नीतिको समीक्षामा अझै लचकता अपनाउनु पर्ने बाध्यता राष्ट्र बैंकलाई छ ।

राष्ट्र बैंकले अर्थमन्त्रालयको प्रेसरका कारण मौद्रिक नीति अघि नै सर्कुलर जारी गर्दै शेयर धितो कर्जा, घरजग्गा कर्जालगायतमा केही लचक नीति लिएको थियो । यसले गर्दा पनि अब समीक्षामा ठूलो नीतिगत परिवर्तन हुने अपेक्षा भने गरिएको छैन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*