हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा झण्डै १ अर्ब रुपैयाँको आवेदन

१८ मंसिर २०८०, सोमबार १७:३९

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा ९४ करोड ४० लाख ३० हजार २० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर १८ गते साँझ ५ः०७ बजेसम्म ३४ हजार २०६ जनाले ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन दिएका हुन् । जुन माग भन्दा १।५२ गुणा बढी आवेदन हो ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो।कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*