प्रभु इन्स्योरेन्सले चुक्ता पुँजि पुराउन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर बेच्दै, प्रतिकित्ता कति ?

१९ मंसिर २०८०, मंगलवार १२:२६

काठमाडौं । प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १९ लाख ७९ हजार ४२४ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ ।
प्रभु इन्स्योरेन्सले चुक्ता पुँजी पुराउन नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रि गर्न लागेको हो ।

कमपनीले बिक्रिमा ल्याएको शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी मङ्सिर २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बोलपत्र पेश गर्दा न्यूनतम १० लाख कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मङ्सिर २७ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*