नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबारले उचाल्यो नेप्से, मौद्रिक नीतिप्रति लगानीकर्ताको तीब्र अपेक्षा

२१ मंसिर २०८०, बिहीबार १६:३३

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (एनआरआइसी)को संस्थापक शेयरको कारोबारले शेयर बजारलाई उचालेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार कुल २ अर्ब ७९ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएकामा नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर मात्रै ८६ करोड ८३ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सको भने ९ करोडको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको अघिल्लो दिन पुनर्बीमा कम्पनीको संस्थापक शेयर खरिदबिक्रीले शेयर बजारलाई उर्जा दिएको हो ।

राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको समीक्षाप्रतिको तीब्र अपेक्षाका कारण दुई दिन लगातार शेयर बजार सकारात्मक देखिएको शेयरबजारका पण्डितहरुले बताएका छन् ।

बिहीबार निर्जीवन बीमा उपसमूहको सूचक २.११ प्रतिशतले बढ्दा हाइड्रोपावर उपसमूहको सूचक १.०३ प्रतिशतले बढ्यो । केही दिन बढ्दो क्रममा रहेका जीवन बीमा कम्पनी उपसमूह भने बिहीबार बेही सेलाएको देखिन्छ । यो दिन व्यापारबाहेकका १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*