विमानस्थलका भन्सार प्रमुख पाण्डेको कडाईपछि तस्करले जीउमा बोकेर ल्याउन थाले सुन, प्रहरी र सेक्युरिटी कम्पनीको मिलेमतो रहेको आशंका

२२ मंसिर २०८०, शुक्रबार १२:१७

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरभरी सुन बोकेका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेको भिडियो नै सार्वजनिक भएपछि बीमापोष्टले उठाउँदै आएको सुक्युरिटीको विषय थप पुष्टि भएको छ । बीमापोष्टले यसअघि विभानस्थलको अराइभलमा देखिएको सुरक्षा जाँचमा कमजोरी रहेको समाचार प्रकाशन गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको थियो । विमानस्थलको भन्सार जाँच पार गरेर क्विन्टल सुन बाहिरिएपछि बीमापोष्टले सेक्युरिटी समस्याका विषयमा पटक-पटक समाचार लेखेको थियो ।

फ्लाई दूबईमार्फत यूएईबाट आएका गोरखा, बारपाकका ४५ वर्षीय चन्द्र घलेको साथबाट दुदुई किलोका ७ वटा विस्कुट बरामद भएको र साको तौल लिँदा १४ किलो हुन आएको त्रिभुवन भन्सार कार्यालय गौचरले जानकारी दिएको छ ।
सुन ल्याउने घले बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए । उनी र उनका साथीमाथि निकासी पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अनुसार थप अनुसन्धान हुने बताइएको छ ।

घले स्क्यानरबाट पार गर्दै गर्दा मेसिन कराएको र त्यसपछि उनलाई लुगा, जुत्ता खोल्न लगाएको भिडियो नै सार्वजनिक भएको छ । भिडियोमा घलेले लुगा उतार्दै गर्दा एक जना प्रहरी जवान टाढाबाट हेरिरहेका छन् भने भन्सार विभागका कर्मचारी र भन्सारले राखेका निजी सेक्युरिटीले तलासी गरेर सुन बरामद गरेको देखिएको छ । तर, उनी कत्तिपनि डराएका वा हिच्किचाएका देखिन्नन् ।

सम्बन्धित समाचार,

‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र भद्रगोल, राष्ट्रिय सुरक्षामा खतराको घण्टी !

विमानस्थलको सेक्युरिटीबारेका एक जना जानकारले बीमापोष्टसँग भने, ‘सुन तस्करीको अनुसन्धानमा यो भिडियो निकै सहयोगि बन्न सक्छ । भन्सारलाई छल्न व्यागेज वा लगेजमा लुकाउनुको साटो उनले जीउमा त्यो १४ किलो सुन बोकेर किन जोखिम मोले ? यस पछाडिको सरहस्यले धेरै कुरा खुल्न सक्छन् ।’

अन्तर्राष्ट्रिय अभ्यासमा व्यक्ति इमिग्रेसन अर्थात् अध्यागमन हो । व्यागेज, लगेज र कमर्सियल कार्गो भन्सार हो । त्यसो जान्दा जान्दै घलेले किन जीउमा सुन बोकेर बाहिर आए ? यो अनुसन्धानको विषय बनेको छ । यसमा धेरैले सेक्युरिटी र सुरक्षा एजेन्सीको मिलेमतो हुनसक्ने आशंका गरेका छन् ।

उता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले भन्सारमा कडाई गरेपछि अहिले व्यक्ति स्वयंले जीउमा सुन बोकेर ल्याउन थालेको बताइएको छ । अध्यागमन विभाग तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भने यसबारे आफुहरुलाई जानकारी नहुने बताएको छ ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आफुहरुको अधिकार कागज मात्रै हेर्नेसम्म भएको र चेकजाँच गर्ने जिम्मा अर्कैको भएको बताए । उनले भने, ‘त्यहाँभित्र ४२ वटा एजेन्सी छ । सबैले आफ्नो जिम्मेवारीको काम गर्छन् । हाम्रो पासपोर्टमा भएको व्यक्ति हो होइन, कतै व्ल्याक लिस्टेड छ, छैन वा कागजपत्र ठीक छ, छैन भनेर मात्रै हेर्ने हो । अन्य जिम्मा हाम्रो होइन ।’

उता, प्रहरीका सबै खाले एजेन्सीहरु त्रिभुवन विमानस्थलमा २४सै घण्टा खटिएका छन् । अराइभलको स्क्यानरमा समेत प्रहरी, भन्सारका कर्मचारी, भन्सारले खटाएको निजी सेक्युरिटी एकसाथ हुन्छन् । तर, सुन निकासी पैठारी रोकिएको छैन । यसमा प्रहरी र निजी सेक्युरिटी कम्पनीको मिलेमतोको शंका गरिएको छ ।

पछिल्लो समय दोलखामा पटक-पटक सुन तस्कर पक्राउ परेका घटना बाहिर आएका छन् । विशेषतः त्रिभुवन विमानस्थल भन्सारले विमानस्थलका खटाएको स्टारफोर्स सेक्युरिटीसहित कयौँ सेक्युरिटी कम्पनी सञ्चालकहरु अधिकांश दोलखा कै छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*