रिलायबल नेपाल लाइफद्वारा एक दिने अभिकर्ता उत्प्रेरणा कार्यक्रम

२३ मंसिर २०८०, शनिबार १८:१६

काठमाडौं । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सले सुदुरपश्चिमको धनगढीमा एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ ।

धनगढीको गार्डन होम स्टे रिसोर्टमा कम्पनीले आयोजना गरेको एक दिने बीमा अभिकर्ता उत्प्रेरणा कार्यक्रमको नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख हृदयश्वर पन्डितको प्रमुख अतिथिको रुपमा सहभागी थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तालिम बिभाग प्रमुख युबराज शर्मा र रिलायबल नेपाल सुदुर पश्चिम् प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टको सभाअध्यक्षमा एक दिने तालिम सम्पन्न भएको छ । धनगढी र आसपासबाट उपस्थित पाँच दर्जनभन्दा बढि बीमा अभिकर्ताहरुलाई तालिम दिइएको कम्पनीले जनाएको छ ।

धनगढी शाखा प्रमुख सकर प्रसाद जैसीले स्वागत गरेको कार्यक्रममा बीमा अभिकर्ताहरुले तालिम प्रभावकारी भएको बताएका छन् । कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एक अब्बल कम्पनी र जनताको बीचमा पुगेर बीमा सेवा प्रवाहमार्फत मन जित्न सफल भएको प्रमुख अतिथि उप निर्देशक हृदयश्वर पण्डितले बताए ।

उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफका तालिम बिभाग प्रमुख शर्माले समग्र कम्पनीको बारेमा मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन अत्तरिया शाखा प्रमुख मोहन बहादुर बोहराले गर्नु गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*