हिमालयन रि इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न, आवेदन स्वीकृत भएका सबैले पाए शेयर

२४ मंसिर २०८०, आईतवार ११:३१

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले मंसिर ४ गतेदेखि १८ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये १४ म्युचुअल फण्डहरुलाई १५ लाख कित्ता बाँडफाँड गरिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता बाँडफाँड गरिएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयरमा कुल ३२ हजार ६४ आवेदनमार्फत ४३ लाख ३९ हजार १७० कित्ता शेयर माग भएको थियो। सोमध्ये ८ आवेदन रद्द भएका छन् भने ३२ हजार ५६ आवेदन स्वीकृत भएको छ। स्वीकृत सबै आवेदकहरुले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने अधिकतममा १८० कित्तासम्म कम्पनीको शेयर प्राप्त गरेका छन्।

लगानीकर्ता आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाईट, मेरो शेयरको वेबसाईट र कम्पनीको वेबसाईट मार्फत नतिजा हेर्न सकिने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*