नेपाल रीको २० लाख कित्ता संस्थापक शेयर बेच्दै हिमालयन एभरेष्ट, न्यूनतम मूल्य कति?

२६ मंसिर २०८०, मंगलवार ०७:४०

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ।

न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ। शेयर खरिद गर्न इच्छुक शेयरधनीले सो वा सोभन्दा बढी मूल्य तोकि आवेदन पेश गर्नुपर्नेछ।

खरिदकर्ताले उक्त शेयर आफूले खरिद गर्न चाहेको प्रतिकित्ता मूल्य तोकि न्यूनतममा १ लाख कित्ता र सबै खरिद गर्न सक्नेछन्। खरिदकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको थापागाउँ स्थित कार्यालयमा निवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*