घरबेटीका छोराले निर्माण गर्न लागेको ‘रामग्राम’ उदघाटन गरे प्रधानमन्त्री प्रचण्डले, ४०० परिवारको उठिबास (फोटोसहित)

२६ मंसिर २०८०, मंगलवार १४:११

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विवादित छविका ठेकेदार शारदा प्रसाद अधिकारीका छोरा अध्यक्ष रहेको कम्पनीले निर्माण गर्न लागेको ‘रामग्राम’को उदघाटन गरेका छन् । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका –७ उदैनीका करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँमा बसाउन लागिएको नयाँ ‘रामग्राम’सिटीको प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका हुन् ।

रामग्राम सिटी निर्माणको सुभारम्भको कार्यक्रम सोमबारबाट सुरु भएको भए पनि औपचारिक उदघाटन मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले गरेका हुन् । उदघाटनका क्रममा प्रधानमन्त्री प्रचण्ड, पर्यटनमन्त्री सुदन किराती, बहुराष्ट्रिय कम्पनी पतंजलीका मालिक आचार्य बालकृष्ण र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामा एउटै मञ्चमा देखिएका छन् ।

यो कार्यक्रम गर्न लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले बौद्ध धर्मगुरु तथा भिक्षुहरुलाई रामग्राम उतारेका थिए । देशभर ठेक्कापट्टामा कब्जा जमाएर कामै नगरी जनतालाई दुःख दिँदै आएका ठेकेदार शारदाका छोरा निकेश अधिकारीले प्रमिश ल्याण्ड नामक प्राइभेट कम्पनी खडा गरेर लुम्बिनी जस्तै रामग्रामको विकास गर्ने भनी परियोजना अभि सारेका हुन् । जहाँ रामग्राम स्तुपासहितका संरचनाको सुभारम्भ गरिएको छ ।

विवादित ठेकेदार शारदा प्रसाद अधिकारी प्रधानमन्त्री प्रचण्डका घरबेटी समेत हुन् । यसै सम्बन्धको फाइदा उठाएर अधिकारीसहितको गिरोहले रामग्राम उदैनीमा प्रमिश ल्याण्ड प्रालिमार्फत हालको बस्ती उठाउने र लुम्बिनी जस्तै नयाँ रामग्राम बसाउने योजना अघि सारेका बताइएको छ । जसको नाममा ७५ अर्ब रुपैयाँ खर्चिने योजना छ ।

विवादित छविका ल्हारक्याल लामा हालै लुम्बिनी विकास कोषको उपाध्यक्ष बनेपछि उनकै मिलेमतोमा अर्बौ घोटाला गर्ने गुरुयोजनासहित यो परियोजना अघि बढाइएको तथ्य बीमापोष्टले प्राप्त गरेको छ । यो प्रकरणमा पर्यटन मन्त्री सुदन किराँती समेत लागि परेको बुझिएको छ ।

रामग्राममा विकास गर्न लागिएको नयाँ परियोजनाले करिब ४०० घर परिवारको उठिबास हुने नगरपालिकाका जनप्रतिनिधिले स्वीकार गरेका छन् । संस्कृति पर्यटन मन्त्री सुदन किराँती र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको दबाबमा यो काम अघि बढिरहेको उनीहरुको भनाइ छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भनी सुरु गरिएको बृहत परियोजना विवादित ठेकेरा अधिकारीका छोरा निकेश अध्यक्ष रहेको प्रमिश ल्याण्ड प्रालिको मुख्य अगुवाईमा हुन लागेको लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाले स्वीकारेका छन् । अहिले कार्यक्रममा व्यस्त भएका कारण थप कुराहरु पछि बताउने पनि उनले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*