हिमालयन रि इन्स्योरेन्सको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार, भोलिदेखि नै नियमित आइपिओ निष्काशन हुने

२६ मंसिर २०८०, मंगलवार १९:३७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा जारी हुन लागेको आईपीओलाई उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि भोलिदेखि नियमित निष्काशन हुनेछ । प्रिमियम मूल्यमा आईपीओ निष्कासनको विरुद्धमा यही मंसिर २२ गते हरि बहादुर केसीले दायर रिटमा अन्तरिम आदेश दिन उच्च अदालतका न्यायाधिश जनक पाण्डे र पुरुषोत्तम प्रसाद ढकालको संयुक्त इजलाशले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै भोलिबाट निष्काशन हुने हिमालनय रिको आईपिओ नियमित निष्काशन हुनेछ ।

हिमालयन रिको प्रिमियम आईपीओ रोक्न माग गर्दै हरि प्रसाद केसीले रिट दायर गरेका थिए । उच्च अदालतले न्यायोचित कारण र मागदावी नदेखेपछि आईपिओ रोक्न अन्तरिम आदेश नदिएको हो ।

हिमालयन रिले मंसिर २७ बाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँका दरले कम्पनीले आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा गएकाहरुका लागि सेयर बाँडफाँट गरिसकेको छ ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २७ देखि पुस १ सम्म आवेदन दिन सक्नेछन् । त्यसको लागि मेरो शेयर वा आश्वा सदस्य बैंकको शाखामार्फत आईपिओमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा कम्तीमा १० र अधिकतम ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*