तत्कालिन ज्योति लाइफमा कैयौं खर्चहरु बेरुजु, होला त सिईओ प्रकाश बिक्रम खत्रीमाथि कारवाही ?

२८ मंसिर २०८०, बिहीबार १८:४७

काठमाडौं । तत्कालिन ज्योति लाइफमा भएका कैयौं खर्चहरु कर छलीका उद्देश्यले भएको तथ्य फेला परेको छ । साथै सो कम्पनीमा भएका कैयौं खर्चह बेरुजु देखिएपछि मर्जर अघिको वित्तीय विवरण अहिलेसम्म तयार गर्न समेत नसकेको पाईएको छ ।

गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत नेपाल बीमा प्राधिकरणलाई कारवाही गर्न लिखित निर्देशन दिएको थियो । प्राधिकरणले उतिबेला कारवाही नगरी उन्मुक्ति दिएपछि अहिलेसम्म मर्जर अघिको हिसाब किताब स्पष्ट पार्न सकेको छैन ।

मर्जरमा जाँदा सबै सम्पत्ति र दायित्व सुर्या लाइफको सिष्टममा ल्याउने र ज्योति लाइफलाई खारेजीमा लैजाने सहमति भएको थियो । सो अनुसार उक्त कम्पनी खारेजीमा जानुपर्नेमा हिसाब किताब मिल्न नसक्दा अहिलेसम्म खारेजीमा लैजान नसकिएको स्रोतले जनाएको छ ।

कर छलीमा छानविन गरी भ्रष्टाचार निवारण सम्बन्धी निकाय अख्यितारले दुई पटक पठाए पनि बीमा प्राधिकरणले खत्रीको संरक्षण गर्दै आएका कारण कुनै कारवाही भएको थिएन । तर मर्जरको वर्षदिनसम्म पनि कम्पनीको हिसाब किताब बुझाउन नसकेपछि अहिले कम्पनीभित्र लफडा शान्त भइसकेको छैन ।

कर छलीका उद्देश्य कर कार्यालयमा हिसाब किताब बुझाउँदा करयोग्य आय एक अर्ब रुपैयाँ ऋणात्मक देखाएको कम्पनीमाथि आन्तरिक राजश्व कार्यालय समेत छानविन हुनुपर्ने माग उठेको भएपनि तत्कालिन अवस्थामा बीमा प्राधिकरणले फूल अडिटको लागि कर कार्यालयमा पत्र लेख्न मानेको थिएन ।

स्रोतका अनुसार ज्योति लाइफका तत्कालिन सिईओ प्रकाश बिक्रम खत्रीले गरेको करोडौं रुपैयाँ खर्चहरु प्रमाणित गर्न बाँकी रहेको र करको हिसाब किताब मिलाउन समेत निकै कठिनाई भइरहेको बुझिएको छ । करको लफडा नमिलेको विषयमा कम्पनीभित्र बल्ल कुरा उठ्न सुरु भएको छ । सिईओ खत्रीले गरेको व्यवसाय प्रबद्र्धन बापतको खर्चहरुमाथि करिब १० करोड कर दायित्व सिर्जना हुने अवस्था रहेको कम्पनी स्रोतले जनाएको छ ।

ज्योति लाइफको प्यान नं ६०५९५४५५७ ले आन्तरिक राजश्व कार्यालयमा पोखरामा बुझाउनुपर्ने आवश्यक विवरण समेत नबुझाएको पाइएको छ । उक्त कम्पनी मर्जर अघि समेत कर चुक्ता नलिई मर्जरमा गएको भन्दै अख्यिारमा मुद्दा परेको थियो । सो मुद्दा अझै टुंगिएको छैन ।

बीमा प्राधिकरणले सिईओ खत्रीको आँखा चिम्लिएर बचाऊ गर्दै अख्यितारलाई समेत झुठो विवरण पठाएर छानविनबाट रोकेकोले यस पटक पनि ज्योति लाइफका सिइओमाथि कारवाही हुनेमा आशंका कायमै छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*