हिमालयन रिको आईपीओमा आवेदन दिने म्याद थप

१ पुष २०८०, आईतवार ०७:०३

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ ।

तथापी, कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त भएको खण्डमा भने सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्कासन खुल्ला भएको ४ कार्यदिन पश्चात् कुनै पनि दिन निष्कासन तथा बिक्री बन्द गरिने सूचनामा उल्लेख गरेको छ ।

यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत (तीन अर्ब रुपैयाँ) बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्।  कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*