हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२ पुष २०८०, सोमबार ०७:४७

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ ।

यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब रुपैयाँ० बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।

सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।

कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओमा पुस १ गते साँझ ५ः०८ बजेसम्म १४ लाख ६० हजार ११७ जनाले ५ अर्ब ७८ करोड ६ लाख ४० हजार १६० रुपैयाँ बराबरको २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरु तथा सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*