हिमालयन रिको आईपीओ १० कित्ता सबैले पाउने, अन्तिम दिनसम्ममा कति पर्यो आवेदन ?

२ पुष २०८०, सोमबार १७:५६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओमा १० कित्ता आवेदन दिने सबै आवेदकले शेयर पाउनेछन् । कम्पनीको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिनसम्ममा साढे ६ अर्ब रुपैयाँको आवेदन परेको छ ।

कम्पनीको आईपीओमा आइतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १६ लाख ६० हजार २२ आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ । यसबाट कम्पनीले ६ अर्ब ६३ करोड ६३ रुपैयाँ संकलन भएको छ । कम्पनीले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँ मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँट गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको हो ।

कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*