२० बर्षिय बिराजको आमाप्रति त्यो सम्मान, विदेशी भूमिको पहिलो कमाइबाट जन्मदिनमा बीमा पोलिसी उपहार

६ पुष २०८०, शुक्रबार ०९:११

काठमाडौं । हुनेखानेहरुको ठूला ठूला सपनाहरु हुन्छन् । उनीहरुका लागि सपना केवल मस्तिष्कको कल्पना बराबर मात्रै हुन्छ । तर, न्यून आय भएका आम जनताका सामान्य र सन्तानको भविष्य नै मुख्य सपना हुन्छ ।
यस्तै काठमाडौं इचंगुनारायणका बिराज श्रेष्ठ स्वदेशमा भविष्य देखेनन् र अध्ययनको लागि अष्ट्रेलिया पुगे । विदेशमा रहँदा उनको मनमा सधैं आफूलाई जन्मदिने ४५ बर्षिय आमा लिसा श्रेष्ठको सम्झना आइरहन्थ्यो । केही समय अघि अध्ययनको सिलसिलामा अष्ट्रेलियामा पुगेका बिराजले विदेशी भूमिमा कमाएको पहिलो कमाईबाट आमाको जीवन बीमा गरिदिने सोचे । संयोग पनि ठीक मिल्यो आमको जन्मदिन पनि नजिकै आइरहेको थियो ।

बिहिवार पुस ५ गते आमाको जन्म दिनको अवसरमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको अमृत श्री जीवन बीमा पोलिसी उपहार दिन उत्तम ठाने र १० लाख रुपैयाँको बीमा पोलिसी किनेर आमालाई उपहार दिएका छन् ।
उच्च शिक्षाको सिलसिलामा अस्ट्रेलियाको मेलबर्न पुगेका बिराज श्रेष्ठले आफुले अध्ययनपछि बचेको समय काम गरेर कमाएको रकमको पहिलो पटक आफुलाइ जन्माइ हुर्काइ, बढाइ, पढाइको लागि दिलो ज्यानदिने ममतामयी माता लिसा श्रेष्ठको जन्मदिन विशेष बनाउने अठोट सहित उक्त बीमा पोलिसी दिएको बताए ।

२० बर्षको कलिलो र चञ्चले उमेरमा लाउलाउ–खाउ खाउको समयमा पनि परिवार आमाप्रति संवेदनशिल बनेका बिराजले आफ्नो पढाइ खर्च जुटाएर पनि बचाएको पैसाले जीवन बीमा गराएको घट्नाले बुबा बिष्णु श्रेष्ठ र आमा लिसा श्रेष्ठ दुबै छक्क परेको अनुभव सुनाए । भविष्य खोज्न २० वर्षको उमेरमा आमाको काख र मातृभूमि छोडेर विदेशिएका उनी जीवनकै पहिलो कमाइ त्यो पनि बिदेशी भुमिमा, बाट प्राप्त आम्दानी आमाको लागि खर्चने निर्णय गरेको उनको भनाई छ ।

आमाको जन्मदिनमा जीवन बीमा पोलिसी उपहार स्वरूप दिनपाउदा बिराजले खुसी ब्यक्त गरेका छन । उनले बिदेशी भूमिमा आएपछि जीवन बीमाको महत्व थप बुझेकोले पनि आमाको लागि जन्मदिनमा उपयुक्त उपहार हुने सम्झेर बीमा गरिदिएको बताए ।

‘आमालाई जन्म दिनमा बीमा पोलिसी उपहार दिने सोच आयो हेर्दै जाँदा नेशनल लाइफ विश्वसनीय र उच्च बोनस भएकाले सो कम्पनी मेरो रोजाइमा पर्यो’ बिराजले टेलिफोन कुराकानीमा भने । सबैले बिबाह ब्रतबन्ध, पास्निमा विभिन्न अनावश्यक खर्च गर्नुको सट्टामा जीवन बीमा गर्दा बचत, सुरक्षाका साथै अनिवार्य बचत गर्ने बानीको बिकास हुने बिराज श्रेष्ठले बताउँछन् ।

बिराजले उक्त बीमा पोलिसी नेशनल लाइफका सिनियर एजेन्सी दीपक कुमार बरालमार्फत गराएका हुन् । बराल झण्डै २० वर्षदेखि बीमा क्षेत्रमा सक्रिय छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*