‘हिमालयन रि’को आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?

९ पुष २०८०, सोमबार १३:४६

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ यसैसाता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार प्रि अलोटमेन्ट लगायतका कार्य सम्पन्न भएको हुदा यसै साता बाँडफाँडको तयारी रहेको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६ लाख ६० हजार २२ जना आवेदकले आवेदन दिएका थिए । आवेदन दिने सबै आवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् । बिक्री प्रबन्धकले आवेदकबाट ३ करोड २२ लाख १५ हजार ७० कित्ता शेयरको लागि आवेदन प्राप्त गरको थियो । जुन ६ अर्ब ६३ करोड ६३ रुपैयाँ बराबरको हुन्छ ।

कम्पनीले १ सय ६ रुपैयाँ प्रिमियम थप गरी २ सय ६ रुपैयाँका दरले मंसिर २७ देखि पुस गतेसम्म २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो ।

मूल्यमा जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*