हिमालयन रिइन्स्योरेन्सको प्री–अलोटमेन्ट सम्पन्न, कतिले पाउने भए शेयर ?

९ पुष २०८०, सोमबार १५:४०

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्री–अलोटमेन्ट सम्पन्न भएको छ। ।

यसको प्री–अलोटमेन्ट भने सम्पन्न भइसकेको छ । यता, हिमालयन रि इन्स्योरेन्सको आइपीओ आवेदन भरेका सबैले हात पार्नेछन् । यसमा आवेदन दिएका १६ लाख ६० हजार २२ जनाले १० कित्ताको दरले १ करोड ६६ लाख २२० कित्ता हात पार्नेछन् ।

बाँकी रहेको सेयर गोलाप्रथाबाट बाँडफाँट गर्दा थप कित्ता सेयर केही लगानीकर्ताले हात पार्नछन् ।कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*