नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय क्रेडिट रेटिङ गराउदै नेपाल पुनर्बीमा कम्पनी

१० पुष २०८०, मंगलवार १६:१०

काठमाडौं । विस २०७१ कार्तिक २० गते स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले स्थापना भएको नौ बर्षपछि पहिलोपटक अन्तराष्ट्रिय केडिट रेटिङ गराउने भएको छ ।

विश्वका धेरै देशसँग कारोबार गर्न सक्ने बीमा व्यापार विस्तारको राम्रो सम्भावना देखिएको कम्पनीले एशिया र खाडी मुलुकहरुमा मात्रै व्यवसाय सिमित गनुपर्ने बाध्यता अझै पनि उस्तै छ । कम्पनीले अझै पनि युरोपमा आफनो व्यापार व्यवसाय विस्तार गर्न नसक्नुको मुख्य कारण कम्पनीको केडिट रेटिङ हो ।

नेपाल पुनर्बीमा कम्पनी पहिलोपटक अन्तराष्ट्रिय केडिट रेटिङ गर्ने अन्तिम तयारीमा पुगेको छ । कम्पनीका सिईओ शंकर रायमाझीले पुनर्बीमा कम्पनीले पहिलो पटक अन्तराष्ट्रिय केडिट रेटिङ गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका हुन् ।

अमेरिकी रेटिङ कम्पनी एएम बेस कम्पनीसँग रेटिङ गराउने तयारी गरेको छ । कम्पनीले रेटिङको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा स्वीकृतीको लागि आवेदन समेत दिएको छ।
पुनर्बीमा कम्पनीले नेपाल बाहेक २० वटा देशमा व्यापार सञ्जाल विस्तार गर्दै आईरहेको छ ।एशियाली मुलुकहरु मात्रै नभएर उत्तर अमेरिकी राष्ट्र भेनेजुयलामा समेत नेपाल पुनर्बीमा कम्पनीको व्यापार विस्तार भएको देखिएको छ।

त्यस्तै, युरोपको टर्कीमा पनि व्यापार गर्न सक्नुले नेपाल पुनर्बीमा कम्पनीको व्यापार विस्तार भएको छ ।

नेपाल पुनर्बीमा कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार बहराईन, बगंलादेश, भुटान, कम्बोडिया, क्याम्रोन, दुवई, घाना, ग्यूनिया, भारत, इभेरी कोस्ट, केन्या, कुवेत, मलेसिया, मंगोलिया, म्यानमार, ओमान, पाकिस्तान, प्लेस्टाईन, भेनेजुयुला, भियतनाम र यमन, टर्की, तुर्मेकिस्तान, नाईजेरिया, पपुवान्यूगिनी जस्ता देशहरुका बीमा कम्पनीहरुले नेपाल पुनर्बीमा कम्पनीमा पुनर्बीमा सम्बन्धी कारोबार गर्दै आईरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*