हिमालयन रिको आईपीओ आज बाँडफाँड हुँदै

११ पुष २०८०, बुधबार ०७:०९

काठमाडौंं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ आज (पुस ११ गते) बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बुधबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने तयारी गरिएको हो ।

कम्पनीको आईपीओमा कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार ७० कित्ताको लागि आवेदन दिएका छन् । यस कम्पनीको आईपीओ सबै आवेदकले न्युनतम १० कित्ता पाउने निश्चित छ ।

कम्पनीले मंसिर २७ गतेबाट शेयर बिक्री खुला गरेको थियो । कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो। कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा थप १०६ रुपैयाँ प्रिमियम जोडेर प्रति कित्ता २०६ रुपैयाँका दरले शेयर बिक्रि खुला गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*