१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस 

११ पुष २०८०, बुधबार १०:२६

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बुधबार शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

आईपीओ बाँडफाँड सम्बन्धी नतिजा

एनएमबि क्यापिटलको वेबसाइट https://nicasiacapital.com/,

सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login,

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/बाट

2 thoughts on “१० कित्ता देखि ३० कित्तासम्म सबैले पाएको हिमालयन रिको आईपीओ रिजल्ट यसरी हेर्नुहोस 

  1. Sudarshan Thapa says:

    Ipo result

  2. rushi prasad lamichhane says:

    शेर परेनपरेको जानकारी पाइएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*