हिमालयन रिइन्स्योरेन्सको आईपीओको नतिजा सार्वजनिकमा ढिलाई, के भन्छ बिक्री प्रबन्धक ?

११ पुष २०८०, बुधबार १४:५७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओको नतिजा सार्वजनिक गर्न ढिलाई भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहान १० बजे बाँडफाँड गरेको कम्पनीको आईपीओको नतिजा करिब ५ घण्टा बितिसक्दा पनि सार्वजनिक भएको छैन् ।

बिक्री प्रबन्धकका अनुसार सबै आवेदकलाई आईपीओ परेको र डाटाको काम चाडै सकिने बताएको छ ।सर्वसाधारणहरुले उत्साहका साथ विभिन्न वेबसाइट हेर्दा–हेर्दा आफुलाई दिक्क लागि सकेको बताएका छन् ।

कम्पनीको आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाले आवेदन दिएका थिए । जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार १० कित्ता देखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । ३० कित्ता भन्दा माथिको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*