हिमालयन रि इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त

१२ पुष २०८०, बिहीबार ११:०५

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि एनएमबि क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

शेयर रजिष्ट्रार पश्चात क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम् शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*