पाँच महिनामा निर्जिवन बीमा कम्पनीको कूल बीमा व्यवसाय १५ अर्ब ७२ करोड, सलिको, सिद्धार्थ प्रिमियर र शिखर सबैभन्दा अगाडि

१३ पुष २०८०, शुक्रबार १३:२७

काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आवको पाँच महिना अर्थात मंसिर महिनासम्ममा कूल १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बीमा शुल्क बापत संकलन गरेको छ । अघिल्लो आवको सोही अवधीमा एक अर्ब ५९ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको थियो । गत आवको तुलनामा चालु आवको पाँच महिनामा कूल बीमा शुल्क सामन्य अंकले घटेको छ ।

बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चालु आवको मंसिर सम्मको विवरण अनुसार सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । सो कम्पनीले एक अर्ब ९९ करोड ९७ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले एक अर्ब ६५ करोड रुपैयाँ संकलन गरेको छ । तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी एक अर्ब ५ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कूल एक अर्ब ३९ करोड ५३ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गर्दा तेस्रो स्थानमा रहेको आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एक अर्ब ३८ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

पाँच महिने अवधीमा नेको इन्स्योरेन्स कम्पनीले एक अर्ब ३३ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गर्दा एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब एक करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सानिमा जिआईसीले ९६ करोड बीमा शुल्क संकलन गरेको छ भने प्रभु इन्स्योरेन्स कम्पनीले ८४ करोड, दि ओरियन्टल इन्स्योरेन्स कम्पनीले ७२ करोड, राष्ट्रिय बीमा कम्पनीले ५२ करोड नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड र नेशनल इन्स्योरेन्स कम्पनीले ५१ करोड रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको छ ।

बृद्धिदरको आधारमा सबैभन्दा उच्च प्रभु इन्स्योरेन्स कम्पनीको देखिएको छ । सो कम्पनीको समग्र व्यवसाय ३९.०९ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, दोस्रो नम्वरमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीको व्यवसाय २६.५६ प्रतिशतले बृद्धि भएको छ । भारतीय निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीले २३.७८ प्रतिशत र दि ओरियन्टल इन्स्योरेन्सको व्यवसाय २३.३३ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै सानिमा जिआईसीको व्यवसाय १६.५३ प्रतिशतले बृद्धि हुँदा एनएलजी इन्स्योरेन्स कम्पनीको व्यवसाय ८.३५ प्रतिशतले बृद्धि देखिएको छ । साथै शिखर इन्स्योरेन्स कम्पनीको व्यवसाय २.४१ प्रतिशतले बृद्धि हुँदा नेको इन्स्योरेन्सको व्यसवाय ४.२६ प्रतिशतले बृद्धि भएको छ ।

उता, राष्ट्रिय बीमा कम्पनीको व्यवसायमा उच्च गिरावट आएर ५३.३५ प्रतिशतले तल झरेको छ । समग्र कम्पनीहरुमा मंसिर महिनाको व्यवसायमा १.६१ प्रतिशतले गिरावट आएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*