हिमालयन रिइन्स्योरेन्सको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?

१५ पुष २०८०, आईतवार १८:२७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओले रू। १०३ दशमलव ०७ देखि ३०९ दशमलव २१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू। १०३ दशमलव ०७ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।

कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँट भएको हो, जसमा एक जनाले ४० कित्तासम्म पाएका छन् । १० कित्तादेखि ३० कित्तासम्म माग गर्नेलाई मागअनुसार नै आईपीओ बाँडफाँट गरिएको छ । ३० कित्ताभन्दा बढी आईपीओ माग गर्नेमध्ये २९ हजार २१ जना भाग्यमानी आवेदकहरूले थप १० कित्ताका दरले आईपीओ पाएका छन् ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ देखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*