नेपाल पुनर्बीमाको निमित्त सिईओमा दामोदर भण्डारी नियुक्त

१६ पुष २०८०, सोमबार १८:१३

काठमाडौं ।  नेपाल पुनर्बीमा कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा दामोदर भण्डारी नियुक्त भएका छन् । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबमोजिम भण्डारीलाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंखरकुमार रायमाझीको कार्यकाल गत पुस ११ मा समाप्त भएको थियो ।नवनियुक्त निमित्त सीईओ दामोदर भण्डारी कम्पनीको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*