हिमालयन रिइन्स्योरेन्सको आइपीओ सूचीकरण हुने प्रकृया कता पुग्यो ?

१६ पुष २०८०, सोमबार १८:१९

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ अदालतमा यो प्रक्रिया चलिरहे पनि सेयर सूचीकरणको प्रक्रिया समेत अगाडि बढिरहेको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) का प्रवक्ता सुरेश न्योपानेले भने, ’हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकरणको लागि आएको छ।’

न्यौपाने सर्वोच्च अदालतले हिमालयन रिले प्रिमियमबापत उठाएको रकम लगानीकर्ताकै खातामा हाल्न निर्देशन दिएमा पनि समस्या नहुने बताउँछन्।

कम्पनीको शेयर नेप्सेमा भने पुगेको छैन ।

’हाम्रोमा आइपिओ पर्ने लगानीकर्ताको रेकर्ड रहेको हुन्छ,’ न्यौपानेले स्पष्ट पारे, ’यसरी आइपिओ परेका लगानीकर्ताले यो डिम्याट खातामा जनाएको बैंक खाता बन्द नगरेको अवस्थासम्ममा रकम फिर्ता गर्न कुनै समस्या हुँदैन।’

कम्पनीको शेयर रजिस्ट्रार एनएमबि क्यापिटलले सबै प्रक्रिया पूरा गरी फाइल नेप्सेमा पठाइसकेको जनाएको छ । तर पनि अदालती प्रकृयाको कारण यो बिषय रोकिने देखिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*