हिमालयन रिको आईपीओ डिम्याट खातामा जम्मा, कारोबार सुरु कहिलेदेखि?

१८ पुष २०८०, बुधबार १२:५९

काठमाडौैं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । यसैबीच हिमालयन रिको आईपीओको पहिलो कारोबार नेप्सेमा केही दिनभित्रै हुने जनाइएको छ ।

कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएपछि सोको भोलिपल्टबाट कारोबार गर्न सकिने छ । कम्पनीको आईपीओले १०३.०७ रुपैयाँदेखि ३०९.२१ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।

यसमा १० कित्तादेखि ३० कित्तासम्म आवेदन दिनेले माग अनुसारकै शेयर हात पारेका छन् । ३० कित्ताभन्दा माथि आवेदन दिनेलाई गोलाप्रथाद्वारा शेयर बाँडफाँड गरिएको छ । कुल २९ हजार २१ जनाले थप १० कित्ता शेयर पाएका छन् । कम्पनीले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुला गरेको थियो ।

कम्पनीको स्टक सिम्बोल एचआरएल रहेको छ भने यसको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ। कम्पनीको आईपीओ पुस ११ गते बाँडफाँड भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*