स्वदेशकै पुनर्बीमा कम्पनीको सेवामा निर्जिवन बीमा कम्पनी सकारात्मक

१९ पुष २०८०, बिहीबार ०६:४४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वदेशको पुनर्बीमा कम्पनीको सेवाबारे कस्तो प्रतिकृया रहेको छ भनेर छलफल गरेको छ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलमा बोलाएर बीमा प्राधिकरणले नेपालका पुनर्बीमाको बारेमा प्रतिकृया लिएको हो ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनीको सेवाप्रति बीमा कम्पनीहरुको धारणा बुझन प्राधिकरणले यो छलफल राखिएको बुझिएको छ ।

नेपालका पुनर्बीमा कम्पनीहरूको सेवा प्रति केही प्रतिकृया भए सुझाव दिन समेत प्राधिकरणले बीमा कम्पनीहरुले छलफलमा प्रस्ताव राखेको थियो । उक्त छलफलमा सहभागी निर्जिवन बीमकले पुनर्बीमा कम्पनीको सेवाप्रति सकारात्मक धारणा दिएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*