३० कित्तासम्म आइपीओ सबैलाई परेको हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?

२३ पुष २०८०, सोमबार १०:५५

काठमाडौं ।  नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आज सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो म्यचिङ कारोबार भई शेयर मूल्य तय भएसंगै कम्पनीको शेयर कारोबार सुचारु भएको हो ।

कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३‍।७ रुपैयाँ देखि ३०९।२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेको थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको HRL सिम्बलबाट कारोबार सुरु भएको हो । आइतबार कम्पनीको सर्वसाधारण तर्फको ३ करोड र संस्थापकको ७ करोड गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।

हिमालयन रिइन्स्योरेन्स निजि क्षेत्रको पुनर्बीमा कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*