कारोबार सुरु भएको केही सेकेन्डमै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा सर्किट

२३ पुष २०८०, सोमबार ११:१३

हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार सुचारु भएको केही सेकेण्ड मै कम्पनीको शेयर मूल्य ९।९९ प्रतिशत बढेको हो ।कम्पनीको आज सोमबार बाट नै शेयर कारोबार सुरु भएको हो।

कम्पनीको पहिलो कारोबार ३०९।२ रुपैयाँमा भएको थियो । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो शेयर कारोबारको लागि १०३‍।७ रुपैयाँ देखि ३०९।२१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो । यस रेन्जबीचको जुनसुकै मूल्यबाट कारोबार सुरु हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम बिन्दुबाट नै कारोबार सुरु भएको हो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रति शेयर नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*