नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

२४ पुष २०८०, मंगलवार ०७:३५

काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् ।

कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र अधिकतममा सबै कित्ता शेयरका लागि आवेदन दिनुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ प्रतिकित्ता तोकिएको छ । खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरि गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आफूले खरिद गर्न चाहेको शेयर संख्या र सोको मूूल्यसमेत खुलाई बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तल्ला, ट्रेड टावर नेपाल, थापाथली काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*