राष्ट्र बैैंकले बैंकहरुलाई जगेडा कोषको रकम आयकर भुक्तानीमा खर्च गर्न नदिने

२५ पुष २०८०, बुधबार १८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले जगेडा कोषको रकम आयकर भूक्तानीमा खर्च गर्न नदिने भएको छ। बैंक तथा वित्तीय संस्थाले मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको बक्यौता कर भूक्तानी गर्दा सञ्चितिलाई प्रयोग गर्न नपाउने भएका छन् ।

बैंक तथा वित्तीय संस्थाले बक्यौता आयकर भुक्तानी सञ्चिति कोषबाट गर्ने भनेपछि केन्द्रीय बैंकले त्यसो गर्न नदिने भएको हो । आन्तरिक राजस्व विभागका अनुसार सरकारले आर्थिक ऐन मार्फत दिएको छुट उपयोग गर्दै बैंक तथा बीमा कम्पनीहरुले मर्जरमा भएको लाभ र प्रिमियमबाट सिधै लाभांश वितरण गर्दाको करिब १३ अर्ब कर भूक्तानी गरिसकेका छन् ।

यस सम्बधी व्यवस्थाका लागि सर्वोच्च अदालतले रिट नै खारेज गरेपछि बैंकहरुले बक्यौता रकम भुक्तानी गरेका थिए ।जगेडा कोषबाट कर भूक्तानी गर्न दिनुपर्ने भन्दै राष्ट्र बैंकसंग पनि निरन्तर बैंकहरु छलफलमा छन् । सरकारलाई नै गएको पैसा भएकाले पनि यो कर तीर्नका लागि केन्द्रीय बैंकले सञ्चिति चलाउन दिनुपर्ने उनको दावी छ ।

तर, नेपाल राष्ट्र बैंक भने कर भुत्तानी गर्नका लागि सञ्चित कोषको प्रयोग गर्न दिने अवस्थामा छैन ।बैंकहरुले कर तिर्नका लागि सञ्चित कोषको रकम प्रयोग गर्न नपाउने केन्द्रीय बैंकका एक अधिकारीले बताए ।कानुन भन्दा बाहिर गएर केन्द्रीय बैंकले काम गर्ने कसैलार्य स्वीकृती नदिने ती अधिकारीले भने । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई जगेडा कोषबाट बकयौता कर भूक्तानी गर्न नदिने ती अधिकारीको भनाई छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*