गार्डियन लाइफको दीर्घायु बचत लघु जीवन योजनामा के–के छन् सुविधा?

२८ पुष २०८०, शनिबार १०:१७

काठमाडौं । गार्डियन माइक्रो लाइफले सार्वजनिक गरेको दीर्घायु बचत लघु जीवन बीमा योजनामा बीमितको आकर्षण बढ्दै गइरहेको छ । आर्थिक सुरक्षासँगै अधिकतम ग्यारेन्टी रिटर्न हुने भएकाले पनि बीमितहरुको रोजाइमा यो योजना पर्न सफल भएको हो ।

यस योजनामा न्यूनतम बीमाङ्क रकम १० हजार रुपैयाँ रहेको छ भने अधिकतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहेको छ । यस योजनामा कम्पनीले बीमा अवधि १२।१६ वर्ष तोकेको छ ।

त्यस्तै, कम्पनीले ल्याएको यस योजनामा न्यूनतम बीमा गर्न योग्य उमेर १८ वर्ष तोकिएको छ । यसको अर्थ कम्तिमा १८ वर्ष उमेर पुरा भएका व्यक्तिले यो बीमा गर्न सक्नेछन् । त्यसैगरी, कम्पनीले अधिकतम बीमा गर्न योग्य उमेर ५५ वर्ष कायम गरेको छ । यसको मतलब बढीमा ५५ वर्ष उमेर पुगेकाले यो बीमा गर्न सक्नेछन् ।

यता कम्पनीले अधिकतम परिपक्व उमेर ७० वर्ष तोकिदिएको छ । यस योजनामा बीमितले एकल, वार्षिक र अर्धबार्षिक जुनसुकै तरिकाबाट बीमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।

यस योजनामा १२ वर्षे बीमा अवधिको बीमालेख परिपक्व भएपछि ११० प्रतिशत बीमाङ्क प्लस ग्यारेन्टी रिटर्न अमाउन्ट प्रतिफल पाइने छ । त्यस्तै, १६ वर्षे बीमा अवधिको बीमालेख परिपक्व भएपछि १२० प्रतिशत बीमाङ्क प्लस ग्यारेन्टी रिटर्न अमाउन्ट प्रतिफल पाइने कम्पनीले बताएको छ ।

One thought on “गार्डियन लाइफको दीर्घायु बचत लघु जीवन योजनामा के–के छन् सुविधा?

  1. कल्पना श्रेष्ठ says:

    अन्य सुविधा के के छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*