हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार

३ माघ २०८०, बुधबार ११:१९

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ ।

बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ । यस कम्पनीको पहिलो कारोबार ३०९ रुपैयाँ २० पैसामा भएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*