कुमारी बैंकको साढे ४५ हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

५ माघ २०८०, शुक्रबार ०८:५१

काठमाडौँ । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४५ हजार ५२० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी नन्द किशोर क्षेष्ठले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ५ गते) ले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल काठमाडौँ १ नक्साल नागपोखरी वा बैंकको केन्द्रिय कार्यालय टंगालमा आवेदन दिन सकिनेछ ।

तोकिएको अवधि भित्र सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*