माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता सेयर लिलामीमा

५ माघ २०८०, शुक्रबार १०:३१

काठमाडौँ । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ११३ रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति .(माघ ५ गते) ले १५ दिन भित्र बैंकको बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौँमा आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*