मितेरी डेभलपमेन्ट बैंकको सेयर सर्वसाधारणका लागि बिक्री खुला
५ माघ २०८०, शुक्रबार १०:५४

काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको पाँच हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जोकोहि ब्यक्ति तथा संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (माघ ५ गते) ले ३५ दिन भित्र आवेदन दिन सकिनेछ ।
आवेदन बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादी काठमाडौँमा दिन सकिनेछ ।