नेपाल माइक्रो इन्स्योरेन्सले उपलब्ध गरायो बीमितलाई पहिलो दाबी भुक्तानी

५ माघ २०८०, शुक्रबार १३:०१

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले बीमितलाई पहिलो बीमा दाबी भुक्तानी उपलब्ध गराएको छ। कम्पनीले मोटर बीमा अन्तर्गत तेश्रो बीमा दाबीवापतको रकम शुक्रबार बीमितलाई प्रदान गरेको हो ।

कम्पनीका अनुसार प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमालले मोटरसाइकल धनि धनपति आचार्यलाई सघन मोटर बीमा अन्तर्गत ७६ हजार ८ सय ४७ रुपैयाँ दाबी भुक्तानीको चेक हस्तान्तरण गरेका हुन् । निर्जीवन बीमा सेवा शुरु भएयताकै यो पहिलो दाबी भुक्तानी भएको कम्पनीले जनाएको छ ।

बीमित धनपति आचार्य सवार मोटरसाइकल गत मंसिर २ गते बसुन्धरामा दुर्घटनामा परेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*