मिर्मिरे र आरएसडिसि लघुवित्तको वित्तीय रिपोर्ट, कुन सूचकमा को अगाडि ?

५ माघ २०८०, शुक्रबार १४:०९

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्टहरु सार्वजनिक भइरहेका छन् । हालसम्म २ वटा लघवित्तहरुले चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । मिर्मिरे लघुवित्त र आरएसडिसि लघुवित्तले वित्तीय रिपोर्ट सार्वजनिक गरेका हुन् ।

कम्पनीहरुको रिपोर्ट हेर्दा अधिकांश सूचक ओरालो लागेका छन् । पुष समान्तसम्ममा दुबै कम्पनीको मुनाफा घटेको हो । आरएसडिसिको मुनाफा १२.७३ प्रतिशतले घटेर ६ करोड ९३ लाख ४ हजार रुपैयाँ रहेको छ । यता, मिर्मिरेको नाफा ४१.४७ प्रतिशतले घटेर ३ करोड ४० लाख ५ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रतिसेयर आम्दानीमा आरएसडिसि लघुवित्त नै बलियो देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा रहेको छ । मिर्मिर लघुवित्तको प्रतिसेयर आम्दानी १० रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी मिर्मिरेको १७ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त आम्दानी कम्पनीको २६.८४ प्रतिशतले घटेको हो । यस अवधिमा आरएसडिसिको खुद ब्याज आम्दानी १७.३१ प्रतिशतले घटेर १२ करोड २० लाख रुपैयाँ रहेको छ ।

यता, संचालन नाफा र चुक्तापूँजीमा आरएसडिसि लघुवित्त अगाडि देखिएको छ । आरएसडिसिको संचालन नाफा १२.७३ प्रतिशतले घटेर ९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ८६ करोड ९५ लाख रुपैयाँ रहेको छ । मिर्मिरेको संचालन नाफा ४ करोड ८५ लाख रुपैयाँ र चुक्तापूँजी ६६ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा मिर्मिरे लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतले बढे ४.५१ प्रतिशत पुगेको छ । आरएसडिसि लघुवित्तको खराब कर्जा भने ०.८१ प्रतिशतले बढेर १.८२ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*