कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने, यस्तो छ कारण

५ माघ २०८०, शुक्रबार १४:४४

काठमाडौँ । कृषि विकास बैंकको सिस्टम अवरुद्ध हुने भएको छ। कम्पनीले एक सूचना प्रकाशित गर्दै एक १ घण्टा सिस्टम बन्द हुने जनाएको हो।

बैंकको कोर बैंकिङ्ग प्रणाली मर्मत सम्भार हुने भएकोले सिस्टम अवरुद्ध हुने भएको हो । माघ ६ गते बिहान २ बजेदखि ३ बजेसम्म उक्त सिस्टम मर्मतसम्भार हुनेछ ।

उक्त अवधिमा कारोबार नगर्न ग्राहकलाई बैंकले अनुरोध गरेको छ ।

May be an image of text

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*