छिमेक लघुवित्तले कामु सीइओमा दिपक निधि तिवारी नियुक्त

५ माघ २०८०, शुक्रबार १५:०७

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिपक निधि तिवारीलाई नियुक्त गरेको छ ।

संस्थाका सीइओको चोलराज शर्माको पदावधि आज (माघ ५ गते) सकिने भएकाले अर्का निर्णय नभएसम्मका लागि तिवारीलाई कामु सीइओको जिम्मेवारी दिएको हो । सञ्चालक समितिको बैठकले तिवारीलाई माघ ६ गतेदेखि लागु हुने गरी कामु सीइओ नियुक्त गरेको हो ।

तिवारी संस्थाको नायब महाप्रवन्धक पदको कार्यभार सम्हाल्दै आएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*