एनआईसी एशिया बैंकको विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा

५ माघ २०८०, शुक्रबार १६:२२

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न स्थानमा रहेको गैर बैकिङ्ग सम्पत्ति बिक्रीमा ल्याएको छ ।

यस बैंकको नाममा दर्ता रहेको उल्लेखित गैर बैंकिङ सम्पत्ति जहाँ जे–जस्तो अवस्थामा छ सोही अवस्था र परिमाणमा खरिद गरी लिन इच्छुकले ७ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र सम्बन्धी शर्तबन्देज सहितको बोलपत्र फाराम बैंकको केन्द्रीय कार्यालय कर्जा असुली विभाग, राधाभवन त्रिपुरेश्वर काठमाडौंमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*