साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

६ माघ २०८०, शनिबार ०८:२०

काठमाडौं। लुम्बिनी विकास बैंक लिमिटेडले साहारा एकेडेमी पोखराद्वारा पोखरा–१७ दोबिल्लामा सञ्चालित ‘साहारा फुटबल एकेडेमी’ लाई आर्थिक सहयोग गरेको छ । विगतका वर्षमा पनि सहयोग गर्दै आएको बैंकले क्लबलाई २ लाख ४४ हजार ८०० रुपैयाँ सहयोग गरेको हो ।

बैंक सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले क्लबका अध्यक्ष केशवराज बराललाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम एकेडेमीमा आश्रित बालबालिकाको खाजा र खानाका लागि खर्च गरिने बताइएको छ । एकेडेमीमा हाल १५ जिल्लाका ४५ गरिव एवं विपन्न परिस्थितिका बालक आश्रित छन् ।

साहारा क्लब पोखराले उनीहरूको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिँदै आएको छ । देशका ७ ओटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आएको बैंकले ८९ शाखा एक विस्तारित शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*