राष्ट्रिय सहकारी बैंकले माघदेखि लागू हुने गरी घटायो ब्याजदर, कुन शिर्षकमा कति निर्धारण ?

५ माघ २०८०, शुक्रबार १९:२३

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले माघदेखि लागू हुनेगरी घटाएको छ । माघ ५ गते शुक्रबारदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदरमा साधारण बचतमा न्यूनतम १।५० देखि अधिकतम ३।२५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ । यस्तै सहकारी बैंकले अनिवार्य नियमित बचतकर्तालाई ८ प्रतिशत, क्रमिक बचतमा ७ देखि ७।७५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ५ देखि ६।५० प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

बैंकले साधारण बचत खातामा समयावधि अनुसार १।५० देखि अधिकतम ३।२५ प्रतिशत, विशेष बचतमा २ प्रतिशत, सुपर बचतमा २।५० देखि ३ प्रतिशत, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम २।५० देखि अधिकतम ३।२५ प्रतिशत र एनसिसिएल प्रिमियम बचतमा समयावधि अनुसार २।७५ देखि ३।२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ७ देखि ७।७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । बैंकको मुद्दती निक्षेपमा समयावधि अनुसार न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ६।५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

यस्तै बैंकले कर्जातर्फ विभिन्न शीर्षकमा न्यूनतम ७ देखि ११।५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । बैंकले कृषि तथा कृषि परियोजना कर्जा ९किस्तावन्दी० ७ देखि १० प्रतिशत, अन्य परियोजना कर्जा ७ देखि १०।५० प्रतिशत, आवधिक कर्जा ११ प्रतिशत र हायर पर्चेज कर्जा १०।७५ प्रतिशतमा उपलब्ध गराउने भएको छ ।

यस्तै सहकारी बैंकले लघुवित्तकर्जा १०।५० देखि ११ प्रतिशत, दिगो सहकारी कर्जा ११।७५ प्रतिशत, घर घडेरी खरिद तथा भवन निर्माण कर्जा ११ देखि ११।५० प्रतिशत, तरलता व्यवस्थापन ११।२५ प्रतिशत र चालु पुँजी कर्जा ११।७५ प्रतिशत, आपतकालिन तरलता र सहकारी व्यवस्थापन कर्जाको ब्याजदर ११ प्रतिशत तोकेको छ ।

यसैगरी सहकारी स्तरिकरण कर्जा ८।५० प्रतिशत, साना तथा मझौला सदस्य कर्जा ९ प्रतिशत, उत्पादन र प्रशोधन भण्डारण बजारीकरण कर्जा ७ देखि १० प्रतिशत, अल्पकालिन व्यवसायीक कर्जा ११ प्रतिशत, मौसमी कर्जा ७ प्रतिशत, पर्यटन प्रवद्र्धन कर्जा ७ देखि १० प्रतिशत, सबल सहकारी कर्जा ११।७५ प्रतिशत, गरीबी निवारण कर्जा १० देखि १०।५० प्रतिशत, व्यवसायीक कर्जा ३ देखि ४ वर्ष अवधिको १०।२५ प्रतिशत र पाँच वर्षभन्दा बढी अवधिका लागि १०।५० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले निक्षेप दरमा २ प्रतिशत प्रिमियम थप गरी निक्षेप कर्जा उपलब्ध गराउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*