एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रियो, नाफामा ४१ प्रतिशतको गिरावट

७ माघ २०८०, आईतवार ०७:५२

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्था बिग्रिएको आज प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणमा देखिएको छ । बैंकको खुद नाफामा भारी गिरावट आएको छ भने खराव कर्जा बढ्दा वितरयोग्य मुनाफा ऋणात्मक हुन पुगेको छ ।

नेपालकै सबैभन्दा ठूलो एनआईसी एसिया गत पुस मसान्तसम्ममा बैंकले एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको पुस मसान्तसम्मको तुलनामा ४१.८४ प्रतिशतले मुनाफा घटेको छ । गत वर्ष बैंकको मुनाफा तीन अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । उल्लेख्य मुनाफा घटेसँगै बैंकका अन्य सूचांकमा समेत प्रभावित भएका छन् ।

यस पटक बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेको देखिएको छ । खुद ब्याज आम्दानी घटेको र खराब कर्जा बृद्धि हुँदा थपिएको प्रोभिजनिङका कारण बैंकको खुद मुनाफामा उच्च गिरावट आएको हो । देशकै सबैभन्दा ठूलो बैंकको मुनाफामा उच्च गिरावट आएसँगै यसका वित्तीय सूचांकहरु बिग्रन पुगेका छन् । पछिल्लो समय एनआईसी एसिया बैंकको गुणस्तरीय बैंकिङ सेवा नहुँदा सर्वसाधारण निक्षेपकर्ताहरुको आकर्षण घट्दै गएको छ ।

समीक्षा अवधीमा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ । समीक्षा अवधीमा बैंकले खराव कर्जा उठाएर राईट ब्याक गर्दा इम्पेरन्ट चार्ज ४८ करोड रुपैयाँ थप हुन आएको छ ।

एनआईसी एसिया बैंकको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ । जुन एनआईसी एसिया बैंकका लगानीकर्ताहरुको लागि निकै दुखद बन्न पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ ।

 

बैंकको कूल चुक्ता पुँजि १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । पुस समान्तसम्ममा बैंकले कूल तीन खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी दुई खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*